• १४ भदौ २०८३, सोमबार
  • ७:५८ बेलुका

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार १०:५०

२९ माघ, २०७९, काठमाडौँ: आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा आज मिति २०७९/१०/२७ गते नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षज्यूको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षज्यूहरू लगायत संचालकज्यूहरू र प्रमुख कार्यकारी अधिकृतज्यूहरुको उपस्थितिमा सम्झौता सम्पन्न भयो ।


उक्त सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

Kamana Sewa

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने÷गाभिने (Merger) सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भयो ।

Classic Tech Desktop

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव DDA Report समेतका आधारमा श्री आईएमई जनरल इन्स्योरेन्स लि.र श्री प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात (Swap Ratio) क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।

प्रतिकृया