• १४ भदौ २०८३, सोमबार
  • ७:१४ बेलुका

लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार १०:४७

२९ माघ, २०७९, काठमाडौँ: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज सपथ लिर्दैछन्। सपथ दिउँसो १ बजेलाई तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले गठन भएको एक महिनापछि पूर्णता पाएको हो। हिजो साँझ मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन्।


माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महरा आर्थिक मामिला मन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Kamana Sewa

माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Classic Tech Desktop

मुख्यमन्त्री मुख्यमान्त्री गिरीले गत पुस २८ गते दुई जना बिना विभागीय मन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

प्रतिकृया