चिकित्सक संघ र सरकारबीच प्रधानमन्त्री कार्यालयमा वार्ता
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ११:००
२९ माघ २०७९, काठमाडौँ: देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ। बिहान ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भइरहेको हो।
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका छन्। त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहेका छन् । चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका छन् भने सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो ।

संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।




प्रतिकृया