• १३ भदौ २०८३, आइतबार
  • ११:२९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०७९ माघ २८ गते, शनिबार १०:४३

२८ माघ २०७९, काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।


प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। एक-दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Kamana Sewa

यस्तै भोलि आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Classic Tech Desktop

बिहानको समयमा तराईका थोरै भू-भागहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिकृया