• १३ भदौ २०८३, आइतबार
  • १०:१८ बिहान

चिकित्सक माथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु : ज्ञानेन्द्र शाही

प्रकाशित मिति

२०७९ माघ २८ गते, शनिबार १०:२९

२८ माघ २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका शाहीले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।यसका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा माग्नुपर्ने पनि उनकाे भनाइ छ। जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई दिएकाे सम्मानकाे कुनै अर्थ नहुने उनले टिप्पणी गरेका छन्।


शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले राष्ट्रपतिकाे सवारी भएकाे बेलामा बाटाेमा हिँड्ने भन्दै आक्रमण गरेकाे थियाे। सर्जन सिंह काम सकेर घर फर्किँदै थिए। साेही विषयलाई लिएर प्रवक्ता शाहीले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

Kamana Sewa

नेपाल चिकित्सक संघले पनि सर्जन सिंहमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै कुटपिट गर्नेलाई शीघ्र कारबाही गर्नुपर्ने बताएकाे छ।

Classic Tech Desktop

ज्ञानेन्द्र शाहीकाे स्टाटस:

प्रतिकृया