विवेकशील साझाको पहिलो महाधिवेशन शुरु
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार ०२:४३
२७ माघ २०७९, काठमाडौँ: विवेकशील साझा पार्टीको पहिलो महाधिवेन शुरु भएको छ आजबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टीको प्रथम महाधिवेशन शुरु भएको हो । सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य शरुसमेत गरिसकेका छन् ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।

महाधिवेशनलाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाल पुगेका छन् ।





प्रतिकृया