• ११ भदौ २०८३, शुक्रबार
  • ११:४४ बिहान

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रधानमन्त्री र ओलीबीच वार्ता

प्रकाशित मिति

२०७९ माघ २६ गते, बिहीबार ०४:२४

२६ माघ, २०७९, काठमाडौँ: उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ । ३ बजे बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।


अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भइरहेको छ । सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्ता साझेदार दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो। तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बसेका हुन्।

Kamana Sewa

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेको छ । सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सरकार जोखिममा परेको छ। यही बेला संयन्त्रको बैठकबाट सहमति गराउने प्रयास गर्ने तयारी थियो ।

Classic Tech Desktop

प्रतिकृया