• ११ भदौ २०८३, शुक्रबार
  • १२:२६ बेलुका

चौतर्फी घेराबन्दी, राजनीतिक दाउपेच र षड्यन्त्र छिचोलेर सरकारको नेतृत्व लिन सफल भयौं : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति

२०७९ माघ २६ गते, बिहीबार ०२:४५

२६ माघ, २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौतर्फी घेराबन्दी, राजनीतिक दाउपेच र षडयन्त्रलाई छिचोल्दै सरकारको नेतृत्व लिन सफल भएको बताएका छन्। काठमाडौंमा बसेको स्थायी समिति बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन्।


पार्टी निर्णयबारे जानकारी गराउन जारी गरिएको आन्तिक परिपत्रमा प्रचण्डले गरेको ब्रिफिङको सार उल्लेख गरिएको छ। गम्भीर चुनौती र अवसरबीच आफूहरु सरकार सञ्चालनको अवस्थामा पुगेको पनि उनले बैठकमा ब्रिफिङ गरेका छन्।

Kamana Sewa

अझै पनि प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाज आउन थालेको उल्लेख गर्दै प्रचण्डले उपलब्धि प्राप्त गर्न क्रियाशील रहनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया