• १० असोज २०८३, शनिबार
  • १०ः४३ राती

टर्कीको भूकम्पमा परी चर्चित फुटबलर तर्कुस्लानको निधन

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०९:२८

२५ माघ, २०७९, काठमाडौँ: टर्कीमा गएको भूकम्पमा परी चर्चित फुटबल खेलाडी अहमेट इयुप तुर्कस्लानको मृत्यु भएको छ। उनको फुटबल क्लब येनी मालत्यास्पोरले मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ। २८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए। उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए।

National Life

टर्की र सिरियामा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ। धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्, जसका लागि उद्दार कार्य जारी छ।


उनको मृत्युबारे जानकारी गराउँदै क्लबले भनेको छ, ‘हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो। हामी उहाँलाई बिर्सने छैनौं। उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया