सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले नदिने
प्रकाशित मिति
२०७९ माघ २५ गते, बुधबार ०८:५९
२५ माघ, २०७९, काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार संसदबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन् ।
सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका रावललाई नागरिक उन्मुक्तिले भने विश्वासकाे मत नदिने भएकाे छ । आफ्ना माग सम्बोधन नगरेपछि नागरिक उन्मुक्तिले उनलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ बताउँछिन् ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री रावलले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन् । तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।








प्रतिकृया