• ३० जेठ २०८३, शनिबार
  • १०:२४ बिहान

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिवाना

प्रकाशित मिति

२०७९ माघ ७ गते, शनिबार ०८:४४

७ माघ, २०७९, एजेन्सी : कारमा चढेकाे बेलामा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले जरिवाना लगाएकाे छ । समाचार एजेन्सी राेयटर्सका अनुसार लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो।


त्यहाँका प्रहरीलाई उदृत गर्दै राेयटर्सले जनाए अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन् । यद्यपि, उनले जरिवाना भने तिर्नुपर्नेछ । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना गर्न सकिन्छ । यदि मुद्दा अदालतमा पुग्यो उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ ।

Kamana Sewa

इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए । प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडियाे इन्स्टाग्राममा पोस्ट गरेका थिए । बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रो पटक हो ।

Classic Tech Desktop

यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो।

प्रतिकृया