• ३० जेठ २०८३, शनिबार
  • ९:१० बिहान

उपसभामुखको निर्वाचन आज हुँदै, रास्वपाकी राना र कांग्रेसकी यादवबीच प्रतिष्पर्धा

प्रकाशित मिति

२०७९ माघ ७ गते, शनिबार ०८:१५

७ माघ, २०७९, काठमाडौँ: प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । आज दिउँसो १ बजे हुने उपसभामुखको निर्वाचनका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।


संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको हाे । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।

Kamana Sewa

रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन् ।

Classic Tech Desktop

यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् ।


यसअघि, प्रतिनिधिसभाकाे सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

प्रतिकृया