• १९ भदौ २०८३, शुक्रबार
  • ३ः३६ राती

विराटनगर सुपर किंग्सलाई हराउँदै नेपाल टी-ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टारलाई

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०३:४७

२७ पुस २०७९, काठमाडौँ: पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले चुमेको छ । टियु क्रिकेट मैदानमा बुधबारभएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि चुमेको हो ।


लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनायो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

Kamana Sewa

लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।

Classic Tech Desktop

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।


उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतिकृया