• १० असोज २०८३, शनिबार
  • ८ः५३ राती

सुपर ओभरमा पनि लुम्बिनी भाग्यमानी

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०२:३६

१३ पुस २०७९, काठमाडौँ: नेपाल टी-२० लिगमा एकमात्र अपराजित टिमका रूपमा रहेको लुम्बिनी अल स्टार्स आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलमा पनि जारी राख्यो । डबल राउन्ड रोविनका आधारमा जारी खेलमा दोस्रो पटक फार वेस्टर्न युनाइटेडविरुद्ध भिडेको लुम्बिनीले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको हो ।

National Life

टियु मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्टनले दिएको १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा नै समेटिएपछि खेल बराबरी भएको थियो । तर सुपर ओभरमा लुम्बिनी अल स्टार भाग्यमानी रह्यो ।


पहिले ब्याटिङ गर्दै उसले ६ बलमा १९ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य पछ्याएको फार वेस्टर्न १० रनमा नै समेटिन पुगेपछि लुम्बिनिले सुपर ओभरमा ९ रनको जित निकाल्यो । त्यसअघि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो। पहिलो ब्याटिङ गरेको फारवेस्टर्नका लागि देव खनालले सर्वाधिक ४८ रन बनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, हस्मतुल्लाह साहीदीले ३२ रन बनाउँदा भीम सार्कीले १५ रन जोडेका थिए। त्यस्तै करण केसीले १२ रन बनाउँदा विनोद भण्डारीले ११ तथा हसिम अन्सारीले पनि समान ११ रन बनाएका थिए । जवाफमा खराव सुरुवातका बाबजुत लुम्बिनि खेलमा फर्किएको थियो। ओपनर लाहिरु मिलनथाले ३४ रन बनाउँदा त्यसपछिका पाँच ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।


विपुल शर्माले ३१ रन बनाउँदा गुल्सन झाले ३६ रनको नटआउट इनिङ खेल्दै टिमलाई सुपर ओभरसम्म पुर्‍याएका थिए ।


जितसँगै लुम्बिनी ४ खेलमा जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ । हारसँगै फर वेस्ट २ अंकका साथ चौथो स्थानमा कायमै रहेको छ। फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो ।

प्रतिकृया