• १० असोज २०८३, शनिबार
  • ८ः५४ राती

एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०१:५५

१३ पुस २०७९, काठमाडौँ: एन आई सी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एन आ ई सी एशिया फ्लेक्सी क्याप फण्डले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

National Life

उक्त विवरणअनुसार कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. २० करोड ५८ लाख लगानी गरेकोमा मङ्सिर मसान्तसम्म बढेर रू. २० करोड ८५ लाख पुगेको हो ।


सूचीकृत शेयरमा लगानीसँगै फण्डको न्याभ पनि बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव शून्य ५ रहेकोमा मङ्सिर मसान्तमा बढेर रू. १० दशमलव शून्य ९ पुगेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी यस फण्डले मङ्सिर मसान्तसम्ममा रू. १ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा २९ प्रतिशत वृद्धि भएको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ३६ लाख नाफा कमाएको थियो । कात्तिक महीनामा फण्डको जम्मा आम्दानीमा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।


कात्तिक मसान्तसम्ममा फण्डको आम्दानी रू. २ करोड १ लाख आम्दानी भएकोमा मङ्सिर मसान्तसम्म बढेर रू. २ करोड ५६ लाख पुगेको छ ।

प्रतिकृया