• ३१ भदौ २०८३, बुधबार
  • ५ः५३ बेलुका

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०८:३०

५ पुस २०७९, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं १४, रविभवन, काठमाडौंमा पौष ०५ गतेदेखि कलंकी शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको छ ।

National Life

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।


सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया