• ३१ भदौ २०८३, बुधबार
  • २ः११ दिउँसो

नेपाल पर्यटन बोर्ड र अष्ट्रियन राजदुतबीच भेटघाट

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार ११:२९

२९ मंसिर २०७९, काठमाडौँ : नेपाल पर्यटन बोर्ड र अष्ट्रियन राजदुतबीच भेटघाट भएको छ। बुधबार बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र अस्ट्रियन राजदूत विजर क्याथरिना सहितको टोलीबीचको भेटघाटमा मुलुकको संकट व्यवस्थापन र समग्र पर्यटनबारे छलफल भएको छ।

National Life

भेटघाटमा समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरिएको बोर्डले जनाएको छ। बोर्डका प्रमुख कार्यकारी रेग्मीले नेपाल भ्रमणमा आउने पर्यटकलाई समस्यारहित भ्रमणका लागि सरकार र सम्बद्ध क्षेत्रसँग समन्वय गर्दै आएको बताए। उनले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले पारेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेको जानकारी गराए।


यसैगरी अस्ट्रियन राजदूत क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको बताउँदै यस्ता विषयमा दुवै मुलुकले अवलम्बन गरेका अनुभवहरु आदानप्रदान गर्न आवश्यक रहको धारणा राखेकी छिन्। पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाहले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको बताउँदै नेपाल आउने पर्यटकका लागि सूचना लिन र पाउन सहज होस् भन्ने ढंगबाट बोर्डले विभिन्न कार्यहरु अगाडि बढाएको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

मुलुकको पर्यटन सम्भावना र संकट व्यवस्थापनका लागि बोर्डको कार्यालयमा टुरिजम क्राइसिस म्यानेजमेन्ट सेलले महत्वपूर्ण भूमिका खेल्दै आएको बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताइन्। कार्यक्रममा राजदूत क्याथरिनासहित नेपालका लागि अष्ट्रियाका मानार्थ वाणिज्य दूत राजेश बाबु श्रेष्ठ, अष्ट्रियन सरकारका विभिन्न उच्च अधिकारी, बोर्डका वरिष्ठ निर्देशक, निर्देशक, पर्यटक प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया