महिला लघुवित्त वित्तिय संस्था लिमिटेडद्धारा किड्नी केयरलाई पाँच लाख सहयोग
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ११:२४
२९ मंसिर २०७९, काठमाडौँ: मृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ स्थापना भएको किड्नि केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बोल्दै महिला लघु वित्तिय संस्थाका सिईओ कृष्णप्रसाद न्यौपानेले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा पनि सर्वसुलभ मुल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्क जाँच गर्ने अभियानबाट प्रभावित भएको चर्चा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किड्नी केयरलाई पाँच लाख नगद आर्थिक सहयोग गरिएको बताए । उनले एक शय रुपैंयामा मृगौला जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी वर्ष एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
किड्नी केयरका संस्थापक डा। किरण जंग कुँवरले आर्थिक सहयोग प्रदान गरेकोमा महिला लघुवित्त वित्तिय संस्थालाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरे । उनले प्राप्त रकमको काठमाडौं, तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने जानकारी दिए । डा। कुँवरले सेवालाई काठमाडौं उपत्यका भित्र शाखाहरु सञ्चालन गरि सेवा विस्तार गर्ने योजना रहेको बताए ।
नेपालमा वार्षिक ३ हजार भन्दा बढी व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ ।
प्रतिकृया