• ११ असोज २०८३, आइतबार
  • ५ः४८ बेलुका

युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छिन्, जाडो मौसममा युद्धमा सुस्तता आउछ

प्रकाशित मिति

२०७९ मंसिर २० गते, मंगलवार ०७:५०

२० मंसिर २०७९, एजेन्सी : युक्रेन लडाइँ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन्। तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन्।

National Life

युक्रेनको महत्वपूर्ण ऊर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो। युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ। तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ। क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाइँ पूर्वीयुक्रेनको बाख्मुट र दोनेत्स्क क्षेत्र वरपर भइरहेको बताइन। उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाइँ सुस्त भएको बताइन्। गत महिना पश्चिम खेरसन क्षेत्रबाट रुसी सेना फर्किएपछि लडाइँमा सुस्तता आएको उनले बताइन।


‘हामीले पहिले नै द्वन्द्वको एक प्रकारको न्युन धड्कन देखिरहेका छौं । आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि त्यस्तै देख्ने सम्भावना छ’, उनले भनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया