• ११ असोज २०८३, आइतबार
  • ४ः०९ बेलुका

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

प्रकाशित मिति

२०७९ मंसिर २० गते, मंगलवार ०८:२४

२० मंसिर २०७९, रियाद : अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी चिन फिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन्। सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ।

National Life

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ। चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ।

प्रतिकृया