• २१ जेठ २०८३, बिहीबार
  • ३:४३ बिहान

एशियन लाईफ इन्स्योरेन्सको बोनश सेयरधनीको डिम्याटमा जम्मा

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार १०:१९

१९ मंसिर २०७९, काठमाडौँ : एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत १३ असोजमा सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ ।


कम्पनीले गत ३ असोजसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया