• ३ असोज २०८३, शनिबार
  • ११ः३४ बिहान

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०८:२८

१८ मंसिर, २०७९, काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

National Life

घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ । भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेनालाई पठाइएको बताइन् ।


‘शंकास्पद वस्तु फेला परेको जानकारी आएको छ। हामीले नेपाली सेनालाई खबर गरेका छौं,’ उनले भनिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बास्कोटा मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए ।

प्रतिकृया