• ११ असोज २०८३, आइतबार
  • ४ः२३ बिहान

पहिलो खेलमा नै अर्जेन्टिना स्तब्ध

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०६:२०

६ मंसिर २०७९, काठमाडौँ : साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो ।

National Life

खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीको पुनरागमन पुरा गरे । योसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भन्दै रद्द भएको थियो ।

प्रतिकृया