• ११ असोज २०८३, आइतबार
  • १२ः३० राती

फिफा विश्वकपमा अमेरिका र वेल्स बराबरी

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०६:३१

६ मंसिर २०७९, काठमाडौँ : फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। मंगलबार विहान सकिएको खेलमा अमेरिकाले पहिले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए।

National Life

वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो। यो समूहको अर्को खेलमा सोमबार राति इंग्ल्यान्डले इरानमाथि ६-२ को जित निकालेको थियो।

प्रतिकृया