• २६ भदौ २०८३, शुक्रबार
  • २ः०८ दिउँसो

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको साधारण सभा आह्वान

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार १०:२६

२९ कार्तिक २०७९, काठमाडौं : ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै बैंकले मर्जर प्रस्ताव र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् । दुबै बैंकको साधारण सभा मंसिर २३ गते शुक्रबार हुने भएको छ । ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।

National Life

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को सेयर स्वाप रेसियो स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । दुबै बैंकहरुको सेयर कारोबार गत असार २ गतेदेखि बन्द रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया