• २६ भदौ २०८३, शुक्रबार
  • ४ः२० बिहान

महालक्ष्मी विकास बैंक का ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा २५% सम्म छुट

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०९:०७

२९ कार्तिक २०७९, काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्झौता गरेको छ । एक कार्यक्रमका बिच “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले सम्झौता गरेको हो ।

National Life

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले द हिमालयन ग्रिल बाई बाजेकाका सम्पूर्ण सेवामा १५% कुण्डली आयुर्वैदाका सेवाहरुमा अधिकतम २०%, टिसुवाकी ब्युटी सलोन एण्ड ईन्टरप्राइजेज प्रा।लि का सेवाहरुमा १०%, ओप्युलेनस एथेटिक्स प्रा।लि। का सेवाहरुमा १०% र क्रिष्टल डाइगोनेस्टिक प्रा।लि का सेवाहरुमा अधिकतम २५% को छुट प्राप्त गर्न सक्नेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया