• २६ भदौ २०८३, शुक्रबार
  • ४ः३२ बिहान

नेपाल बैंक कर्मचारीहरु बीचको व्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०९:११

२९ कात्तिक २०७९, काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड यहि २०७९ कार्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दैछ ।

National Life

सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता मिति २०७९ कार्तिक २५ र २६ गते आयोजना भएको थियो । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो ।


यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गर्नुभएको थियो । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया