• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

कांग्रेसले गर्‍याे पाँच बागी उम्मेदवारलाई कारबाही

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०३:०४

२८ कात्तिक, २०७९, काठमाडौँ: नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो।


कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन्।

Kamana Sewa

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान बमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिए।

Classic Tech Desktop

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ।

प्रतिकृया