• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै रहने सर्वोच्चको फैसला

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०२:५९

२८ कात्तिक, २०७९, काठमाडौँ: ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ। सोमबार सर्वोच्च अदालतले ललितपुर–३ मा डा. कार्कीको उम्मेदवारी कायमै रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।


लाभको पदमा रहेको हुँदा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीले बैठक भत्ता बुझेको भन्दै आयोगले त्यसलाई ‘लाभको पद’ रुपमा व्याख्या गरेको थियो ।

Kamana Sewa

उम्मेदवारी खारेज भएपछि कार्की आयोगको निर्णयविरुद्ध सर्वोच्च गएकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायमै रहने अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो ।

Classic Tech Desktop

आयोगको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघिकै आदेशलाई निरन्तरता दिएको हो ।

प्रतिकृया