• १ असोज २०८३, बिहीबार
  • ६ः२२ बेलुका

विश्व विज्ञान दिवसको अवसरमा निकालियो र्‍याली

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार १२:४८

२४ कात्तिक २०७९, काठमाडौँ : विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली गरिएको छ। बिहीवार काठमाडौँको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो। आज विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ। अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाउन लागिएको हो।

National Life

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरू सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।


उनले भने, ‘अहिले जलवायुको परिवर्तनले धेरै असर पुर्‍याएको छ, यसबाट बच्नुपर्छ। हामीले विदेशीको सिको नगरीकन यहाँको रैथाने प्रवृत्ति के होरु संस्कृति कसरी विज्ञानमय छरु विज्ञान कसरी संस्कृतिमय छ भन्ने बुझ्नपर्छ। रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर अघि बढ्नुस्।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा।डा। जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिवद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताए। विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न संघ तथा शिक्षण संस्थाहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया