• १२ असोज २०८३, सोमबार
  • ९ः२१ बिहान

२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ११:०५

२३ कात्तिक २०७९, काठमाडौँ: बाराको निजगढ नगरपालिकाबाट २५ किलो प्रतिबन्धित गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजासहित निजगढ नगरपालिका–१२ बारथली बस्ने प्रेमबहादुर लोलाई पक्राउ गरेको हो। प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ–१२ कुलियास्थित पुग्दा प्रहरीलाई देखेपछि तीन जना तस्कर गाँजा छाडेर फरार भएका थिए।

National Life

सोमध्ये लो लाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए। तस्करहरुले छाडेको दुई वटा बोराबाट १४ किलो र एउटा बोराबाट ११ किलो गरी २५ किलो गाँजा बरामद गरिएको उनले बताए। गाँजासहित पक्राउ परेका लो लाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको तथा फरार भएका दुई जनाको खोजी कार्य भईरहेको थापाले बताए।

प्रतिकृया