• २२ भदौ २०८३, सोमबार
  • ११ः०४ बिहान

चाडपर्वको मौका छोपी यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०७:३९

११ कात्तिक, २०७९, काठमाडौँ: जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधन रोकेर कारबाही गरेको हो। दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए।

National Life

पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधनलाई रोकी कति भाडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाडा लिएको बताएपछि तोकिएको भाडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उनले बताए। दुई सयदेखि चार हजार दुई सय तीस रुपैयाँसम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उनले बताए। यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।


यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाडा लिने सवारीसाधानलाई कारबाही स्वरुप जरिवाना गरिनेछ।उनले भने, ‘अहिले चौविस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ।’

Classic Tech Desktop

यात्रुसँग बढी भाडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घटनास्थलमा प्रहरी खटाएर सवारीसाधन चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायताकक्ष स्थापना गरेको उनले बताए।

प्रतिकृया