• २२ भदौ २०८३, सोमबार
  • ९ः४३ बिहान

चुनावपछि एमालेको नेतृत्वमा जसपा र राप्रपाको सरकार बन्छः ओली

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०७:५८

११ कात्तिक, २०७९, काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि राजेन्द्र लिङदेनलाई जिताउनुपर्ने बताएका छन्। शुक्रबार आज झापा–३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट माग्दै जिताउन आग्रह गरेका छन्। लिङदेन झापा–३ बाट प्रतिनिधिसभाका उम्मेदवार उठेका छन्। उनलाई एमालेको समर्थन भएका कारण ओलीले जिताउनका लागि जनतासँग आग्रह गरेका हुन्।

National Life

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने ‘हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने।


उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ओलीले गरे। एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

Classic Tech Desktop

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गरे। ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टीरु’


लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले भनाई छ। राष्ट्रिय पार्टी बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि एक सिट जित्नुपर्छ।ओलीले एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जनता समाजवादी पार्टी र राप्रपासहितको सरकार बन्ने उनको दावी छ।

प्रतिकृया