• २२ भदौ २०८३, सोमबार
  • ९ः०८ राती

आज सुन-चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ११:३४

३० असोज २०७९, काठमाडौँ: आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। शुक्रबार सुन तोलामा एक सय रुपैयाँ घटेको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।


शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया