• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

पिपुल्स पावरको दोश्रो बजारमा कारोबार सुरू

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ११:२९

३० असोज २०७९, काठमाडौँ: धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (असोज ३० गते, आइतबार) पिपुल्स पावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा पिपुल्स पावरको पहिलो कारोबार प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको थियो ।

National Life

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि PPL सिम्बोल प्राप्त गरेको छ । बिहीबार कम्पनीको ६३ लाख २६ हजार कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

प्रतिकृया