• ११ असोज २०८३, आइतबार
  • ९ः५२ राती

नेपाल प्रहरीको पुरूष भलिबल टिमलाई पहिलो खेलमा सफलता

प्रकाशित मिति

२०७९ आश्विन २८ गते, शुक्रबार ०३:२२

२८ असोज २०७९, काठमाडौँ: पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार बिहान भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ। पोखरा रंगशालामा संचालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५- १६, २५-१२ र २५-११ को सोझो सेटमा पराजित गरेको हो । नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह ‘ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले असोज २९ गते लुम्बिनी प्रदेशसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल खेल्नेछ ।

National Life

नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत गोरखाको गोरखा नगरपालिका-७ गोरखा क्याम्पसको हलमा बिहीबार संचालन भएको बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडीहरूले सफलता प्राप्त गरेका छन् । बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडी पुनम प्रसाईं, आभा पुडासैनी, पूर्णिमा गुरूङ, सुबिर लामा र क्षितिज भण्डारीले सफलता प्राप्त गरेका हुन् ।

प्रतिकृया