• १२ असोज २०८३, सोमबार
  • ६ः३५ बिहान

‘कबड्डी’ निर्देशकको नयाँ फिल्ममा मिरुना आउट, शिल्पा इन

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०६:२१

२५ असोज २०७९, काठमाडौं : ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘फूलबारी’ छायांकनको अन्तिम चरणमा छ । पारिवारिक कथावस्तुमा आधारित यो फिल्ममा कलाकार हेरफेर भएको खबर छ । मिरुना मगर र सिर्जना सुब्बा फिल्मबाट बाहिरिएका छन् भने शिल्पा मास्के र ‘कबड्डी ४’ फेम्ड गौमाया गुरुङको फिल्ममा इन्ट्री भएको छ ।

National Life

दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की र प्रियंका कार्कीको समेत प्रमुख भूमिका रहेको फिल्ममा मिरुना र सिर्जना हुने छैनन् । निर्देशक गुरुङले कलाकार हेरेफेर भएको पुष्टि गरे । मिरुनाको ठाउँमा शिल्पा मास्के भित्रिएकी छन् भने सिर्जनाको ठाउँमा गौमाया गुरुङ । लण्डनमा रहेकी मिरुना खराब मौसमको कारण समयमै नेपाल आउन नसकेको र सिर्जना ‘छड्के २’को लागि मनाङमा भएकाले आउने तालिका नमिलेकाले उनीहरुलाई फिल्ममा समेट्न नसकिएको गुरुङले बताए ।

प्रतिकृया