• २० भदौ २०८३, शनिबार
  • ९ः१६ राती

यू-१७ एसियन कप छनोटमा भियतनामसँग पराजित हुँदै बाहिरियो नेपाल

प्रकाशित मिति

२०७९ आश्विन २२ गते, शनिबार ०७:४९

२२ असोज २०७९, काठमाडौँ : भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ। शुक्रबार राति नेपाल भियतनामसँग ५-० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।

National Life

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो। समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ।


नेपाल भने अंकविहीन छ। नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।

Classic Tech Desktop

प्रतिकृया