• १ असोज २०८३, बिहीबार
  • ३ः५८ दिउँसो

देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने, डडेलधुरामा बीपीसँग तालमेल गर्ने

प्रकाशित मिति

२०७९ आश्विन २१ गते, शुक्रबार ०८:२०

२१ असोज २०७९, काठमाडौँ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने भएको छ। डडेलधुराबाट चुनाव लड्दै आएका देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीलाई सहयोग गर्ने भएको हो। एमाले सुदुरपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फाइनल गरेको छ। सबै क्षेत्रमा उम्मेदवार तोकेर पठाए पनि डडेलधुराको प्रतिनिधिसभाका लागि कुनै पनि पनि उम्मेदवार नतोकिएको एमालेका एक नेताले जानकारी दिए।

National Life

त्यहाँ कांग्रेस बीपीका उम्मेदर कर्ण मल्ललाई एमालेले सहयोग गर्नेछ। प्रदेशसभातर्फ ‘क’ का लागि पठानसिंह बोहोरा र ‘ख’ मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। सुदुरपश्चिममा नेता भीम रावलको टिकट खोसिएको छ। रावलले चुनाव लड्दै आएको अछाम १ मा झपड बोहोरालाई एमालेले टिकट दिएको छ।

प्रतिकृया