• ३ असोज २०८३, शनिबार
  • १२ः३० दिउँसो

कक्षा १२ को नतिजा प्रकाशित, ४१७९ जनाले ल्याए ३.६-४ जिपिए

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०६:११

१७ भाद्र २०७९, काठमाडौँ : कक्षा १२ को नतिजा प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३।६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।

National Life

त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले यो पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।


२ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले रातोपाटीलाई जानकारि दिए । बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइटhttps://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया