• २१ भदौ २०८३, आइतबार
  • ११ः५८ बिहान

आजको मौसम : गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:२५

१३ भाद्र २०७९, काठमाडौँ : आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

National Life

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया