• १९ भदौ २०८३, शुक्रबार
  • २ः२५ राती

भग्नावशेष र धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०३:२७

१२ भाद्र २०७९, काठमाडौं: भारतको नोएडास्थित सेक्टर ९३ ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । आँखा झिम्केको भरमा करिब ३७०० किलोग्राम बारुदले ट्विन टावरलाई ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए । यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो । यसको उचाइ ३२० फिटभन्दा बढी थियो ।


यो देशमा ढालिएको सबैभन्दा अग्लो बहु तले भवन थियो । यो नोएडाको घना जनसंख्या भएको इलाकामा थियो । सावधानी स्वरुप यी भवन नजिकैका कोलोनीमा बस्ने मानिसहरुको घर खाली गराइएको थियो ।

Kamana Sewa

प्रतिकृया