सेयर बजार ओरालो यात्रामा, ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा
प्रकाशित मिति
२०७९ भाद्र १२ गते, आईतवार ०३:४८
१२ भाद्र २०७९, काठमाडौं: साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा पुगेको छ । नेप्से १.६५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०५ अंकले घटेर ३८५.७० विन्दुमा झरेको छ ।
कूल २२४ वटा कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार अरूण काबेली पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्न गत शुक्रबार विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आज राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ पुगेको छ ।

यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ३९ रूपैयाँ ६० पैसामा झरेको छ ।




प्रतिकृया