• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२८ बिहान

पिपुल्स पावरको आईपीओ बाँडफाँड: लक्की नम्बर ७ र ९

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०२:५१

१२ भाद्र २०७९, काठमाडौं: पिपुल्स पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ७ र ९ रहेको छ। ७ र ९ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । १० कित्ता सेयर प्राप्त गर्नेहरू र अड लटका लागि छुट्टा छुट्टै लक्की नम्बर निकालिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।


जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।अन्तिम दिनसम्म १५ लाख ५१ हजार ४ सय १३ जना आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै योग्य भएको थियो ।

Kamana Sewa

बाँकी ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख २९ हजार ४ सय ६८ जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् ।

Classic Tech Desktop

प्रतिकृया