• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१२ बिहान

दसैंका लागि नयाँ नोट भदौ २० गतेबाट साट्न पाइने

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०२:४३

१२ भाद्र २०७९, काठमाडौं: दसैंका लागि नयाँ नोट भदौ २० गतेबाट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको हो । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ ।


भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी बैंकहरुको माग अनुसार नयाँ नोट वितरण गर्न वाणिज्य बैंकका शाखा कार्यालय तोक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूबाट अत्यधिक मात्रामा माग आयो भने प्रतिव्यक्ति सटहीदर घटाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । २० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी रहेको छ ।

Kamana Sewa

प्रतिकृया