• १ असोज २०८३, बिहीबार
  • ४ः१४ बिहान

तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लूएचओ समन्वय केन्द्रको मान्यता

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०६:१६

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ । काठमाडौंमा आयोजित २५औं वाषिर्कोत्सवको अवसरमा सोमबार डबलूएचओले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।

National Life

योसँगै तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ । जसमा नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा। जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा डा रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गरे। सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया