• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट आजबाट सुरु

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०९:१६

काठमाडौँ । आइसीसी टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्रीय छनोट खेल आजबाट सिंगापुरमा सुरु हुँदैछ । जसका लागि नेपाली क्रिकेट टिमले सिंगापुर पुगेर अन्तिम तयारी पनि पुरा गरेको छ । कुवेत, मलेसिया, कतार, नेपाल र घरेलु टिम सिंगापुर रहेको यो प्रतियोगिताका लागि सबै टिमको लक्ष्य शीर्ष स्थानमा रहने नै हो । यस्तोमा सबै टिमलाई मैदानको आकारले पनि ठूलो फाइदा हुने देखिएको छ । यो मैदानको सिधा भाग मात्र ४० मिटरको रहेको छ, यस्तै लेगसाइड तिरको भाग ७० मिटर र अगाडिको भाग ५५ देखि ६० मिटर छ । अन्तर्रा्ष्ट्रिय मापदण्डको मैदान हेर्ने हो भने सबै भाग कम्तिमा ५५ देखि ६० मिटरको हुनुपर्ने हो ।

National Life

नेपाल एसिया छनोटमा शीर्ष स्थानमा रहे आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल क्वालिफायरको लागि छनोट हुनेछ । ग्लोबलमा शीर्ष ६ भित्र पर्न सके नेपालले ६ वर्षको अन्तरालपछि पुनः विश्वकप खेल्नेछ ।

प्रतिकृया