• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

मन्त्रालयले समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:५८

१५ साउन २०७९, काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुगेका थिए । “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ”, उनले भने, “मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।”


मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्कनुभएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताए ।

Kamana Sewa

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले “मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको” प्रतिक्रिया दिए । “उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो”, अध्यक्ष रोकाले भने, “मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।”

Classic Tech Desktop

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताए । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रतिकृया