• १३ असोज २०८३, मंगलबार
  • ४ः२२ बेलुका

बालेनले भेटे पर्यटनमन्त्री श्रेष्ठलाई, मन्त्रालयको कार्ययोजनामा महानगरपालिका सँग सहकार्य गर्ने

प्रकाशित मिति

२०७९ श्रावण ९ गते, सोमबार ०५:४८

९ साउन २०७९, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिका सँग सहकार्य गरिने बताएका छन्।

National Life

काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौँका स्थानीय सरकारहरुको सहयोग आवश्यक रहेको बताए। साथै उनले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए।


मन्त्री श्रेष्ठले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए। महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

महानगर प्रमुख साहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौँ आउने जानकारी दिँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे चासो राखेका थिए। इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना बनाइएको साहले बताए। परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकषर्ण बढाउने उनको भनाइ थियो।

प्रतिकृया