• १३ असोज २०८३, मंगलबार
  • ४ः२१ बेलुका

प्रतिनिधिसभाबाट कारागार व्यवस्थापन विधेयक पारित

प्रकाशित मिति

२०७९ श्रावण ८ गते, आईतवार ०६:१६

८ साउन २०७९, काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

National Life

त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे। सभाको पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो


यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले भाग लिएका थिए। उनीहरूले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गरेकी थिइन्।

प्रतिकृया